Westindies T20 Champion, by last over 4 sixes.

 चैत, काठमाडौं। अन्तिम ओभरमा लगातार चार छक्का हान्दै कार्लोस ब्रेथवेटले वेष्टइण्डिजलाई टी -20 विश्वकप क्रिकेटको उपाधि दिलाएका छन्।
इंग्ल्याण्डले प्रस्तुत गरेको 156 रनको लक्ष्य पछ्याएको वेष्टइण्डिजलाई अन्तिम ओभरमा 1 9 रन चाहिएको थियो।
बेन स्टोक बलिङमा आए। तर, ब्रेथवेटले अविश्वसनीय रुपमा लगातार चार बलमा छक्का हाने र अन्तिम दुर्इ बल खेल्नु अघि नै वेष्टइण्डिजलाई उपाधि दिलाए। मर्लोन सामुअल 85 रनमा अविजित रहे भने ब्रेथवेटले अविजित 34 रन बनाए।
वेष्टइण्डिजको सुरुवात भने खराब थियो। 11 रन जोड्दा 3 विकेट गुमाइसकेको थियो। तर, डवेन ब्राभो र सामुअलले पारी सम्हाले।
ब्राभो 25 रनमा आउट भए। आन्द्रे रसेल 1 र डवेन सामी मात्र 2 रनमा आउट भए, जति बेला वेष्टइण्डिजको स्कोर 6 विकेटको क्षतिमा 107 रन थियो।
यसअघि इडन गार्डेन कोलकत्तामा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले 20 ओभरमा 9 विकेट गुमाएर 155 रन बनाएको थियो

Share on Google Plus

About Sagar Pathak

This is a short description in the author block about the author. You edit it by entering text in the "Biographical Info" field in the user admin panel.

0 comments:

Post a Comment